इन्दिरा रानालाई चोख्याउने रास्वपाको प्रयास, आर्थिक लेनदेन नभएको तर्क गर्दै बचाउ

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई चोख्याउने प्रयास गरेको छ । रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र निकै विवादमा परेपछि रास्वपाले विज्ञप्ति निकाल्दै उनको बचाउ गरेको हो । राना रास्वपाबाट उपसभामुख बनेकी हुन् । 

यस प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै रास्वपाले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको तर्क गरेको हो । उपसभामुखको हैसियतमा अमेरिकी दूतवासलाई पत्र लेख्ने कुरा आफैमा गलत भएको तथ्यलाई अप्रत्यक्षरुपमा स्वीकार गरेको सो पार्टीले आर्थिक लेनदेन नभएको जिकिरका आधारमा बचाउको प्रयासमा लागेको हो । 

Advertisement

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको भन्दै रास्वपाले विज्ञप्तिमा आर्थिक लेनदेनको कुरा आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको बताएको छ । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ ।

रास्वपाले भनेको छ, ‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । 

undefined

Advertisement

Advertisement