भ्रष्टाचारी एक दिन कानूनी कठघरामा उभिनुपर्छ: प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नसदिने दावी गरेका छन् । 

आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताए । ओलील कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताए । 

Advertisement

भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताउँदै उनले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताए । ओलीले जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने बताए । 

उनले सुशानको लागि स्टण्ड नभएर सही विचार चाहिने बताए । ओलीले भने, ‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ ।’ 

उनले थपे, ‘कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौं । भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौं । सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने छौं । जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने छौं । सशुासनको लागि स्टण्ड होइन सही इन्टेन्सन चाहिन्छ । सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने छैन ।’ 

ओलीले सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने बताए । 

Advertisement

Advertisement