नेपाल एयरलाइन्सको जहाजहरु ग्राउण्डेड भएको विषयमा छानविन गर्नुपर्छः बस्नेत

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल एयरलाइन्सको जहाज ग्राउण्डेड भएको सम्बन्धमा छानविन गर्नुपर्ने बताएका छन् । 

मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले नेपाल एयरलाइन्सले आफ्ना जहाजहरु ग्राउण्डेड गर्नुले आशंका उब्जिएको बताए । 

Advertisement

बस्नेतले जहाज ग्राउण्डेड भएको सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छानविन गर्नुपर्ने बताए । एयरलाइन्सको जहाज ग्राउण्डेड गरेर निजी कम्पनीलाई मौका दिइएको हुनसक्ने उनको भनाई छ । 

बस्नेतले भने,  ‘आफ्ना जहाजहरु ग्राउन्डेड गरेर राख्ने । अर्कोतिर मौका प¥यो भने जहाज खरिद गरिरहनुपर्ने । यो प्रक्रिया गलत हो । यो ग्राउण्डेड भएको बारेमा धेरै शंका, उपशंका भइरहेका छन् । त्यसमा सत्यतथ्य छानविन गर्नु जरुरी छ । बाहिर यस्ता पनि कुरा आएका छन्, आफ्ना जहाजलाई आवश्यकताभन्दा बढी ग्राउण्डेड गराउने र निजीलाई मौका दिने खालका व्यवहार हुनसक्छ भन्ने कुरामा आशंका गरिएको अवस्थामा छ । यो विषयमा छानविन गर्नु जरुरी छ ।’

सांसद बस्नेतले डेडिकेटेड ट्रंकलाइनको सबै वक्यौता रकम उठाउनुपर्ने बताए । 

Advertisement

Advertisement