सूर्योदय वोमीको एफपीओमा साढे ९ लाख बढीको आवेदन, मंगलबारसम्म भर्न पाइने

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको गत शुक्रबारदेखि निष्काशन खुला भएको एफपीओमा हालसम्म ९ लाख ५३ हजार ८८३ जनाले आवेदन दिइसकेका छन् । 

कम्पनीका अनुसार ९ लाख ५३ हजार ८८३ जना आवेदकहरुले १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपियाँ बराबरको १ करोड ४२ लाख ८३ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।

Advertisement

संस्थाले कूल ४६ लाख ७२ हजार ९५४.५० रुपियाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्काशन गरेको छ । 

उक्त शेयर ४ हजार ६ सय ७२ जनालाई १० कित्ताका दरले मात्रै पर्नेछ । एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisement