काठमाडौंसहित देभशर बिहानैदेखि वर्षा, यी प्रदेशमा भने भारी वर्षाको चेतावनी

Advertisement

 काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले देशभर साधारणतया बदली रहेको छ ।

अहिले काठमाडौं, बाग्मतीसहित गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement