नबिल बैंकले पायो एकसाथ चार अवार्ड

Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार अवार्ड प्राप्त गरेको छ । 

नवीन प्रयोग र ग्राहकको सुविधामा बैंकले पुर्‍याएको ध्यानले यी अवार्ड प्राप्त गरेको हो । 

Advertisement

बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट  ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए) २०२३’ प्राप्त गरेको हो । बैंकले वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड जितेको हो । 

बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको बताइएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेललाई हस्तान्तरण गरेका हुन् ।

बैंकले संयुक्त अधिराज्य (युके) को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको ‘बेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४’ प्राप्त गरेको छ । यो सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको बताइएको छ । अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिशका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो । 

त्यस्तै बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत ‘नेपालको बेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) पनि प्राप्त गरेको छ । सामाजिक उतरदायित्त्वअन्तर्गत देशमा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड बैंकले हासिल गरेको बैंकले जनाएको छ । 

बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत नेपालको ‘बेस्ट बैंक फर एसएमइज’तर्फको अवार्ड पनि प्राप्त गरेको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा शुरू गरिएको पहिलो अवार्ड हो, जसले बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्ने बताइएको छ । 

Advertisement

Advertisement