राशिफलः आज (साउन ८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल साउन महिनाको ८ गते मंगलबार, श्रावण कृष्णपक्षको द्वितीया तिथि ।

मेष 
बौद्धिक व्यक्तित्व बन्ने छ । सबैले मान सम्मान र आदर गर्ने छन् । व्यक्तित्वमा निखार आउने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाको स्तरबाट संलग्न हुनुपर्ने अवस्था आउने हुन्छ । शेयर क्षेत्र औसत प्रकारको बन्ने छ ।

Advertisement

वृष
भाग्यको साथ रहेको छ । बोलीमा कडापना देखा पर्न जाँदा पारीवारिक जीवनमा कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवन सकारात्मक बन्न पुग्ने छ । निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । 

मिथुन 
पेशागत जीवन सकारात्मक रहने छ । रोजगारी तथा व्यापार दुबै क्षेत्रमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । घर जग्गाको कारोवारमा सहभागिहरुलाई भने समय चुनौतिपूर्ण रहेको छ । शेयर क्षेत्र भने अनुकुल रहने छैन् ।

कर्कट
आम्दानीमा गिरावट आउने छ । पेशागत जीवनमा समय ठिक नै रहेता पनि प्रतिष्पर्धीसँग बढि नै जुध्नु पर्ने हुन जान्छ । अध्ययन अध्यापनमा मन लाग्ने छ । मनमा दुविधाले सताउने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छ ।


सिंह
सुख सुविधाका पक्षहरु गुम्न पुग्ने छन् । घर घडेरी तथा होटल रेष्टुरेण्ट क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल बन्न पुगेको छ । आम्दानी गर्नु पर्दछ भन्ने स्वाभावमा भने तिब्रता देखा पर्ने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई हल्का फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत तर सकारात्मक बन्ने छ । 

कन्या
दृढ व्यक्तित्व बन्ने छ । पारीवारिक जीवनमा द्वन्द र कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । भाग्यहिनताको महशुुस हुने हुँदा कामहरु ढिला गरि मात्र अघि बढ्ने छन् । शेयर क्षेत्र सतर्कता रहनु पर्ने अवस्थामा रहेको छ ।

तुला
व्यक्तित्वमा केही कमजोरीहरु देखा पर्न जाने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने अवस्था आउने छ । व्यापार गरिरहेको हकमा धेरै उत्साही भईहाल्ने समय रहेको छैन् । अध्ययन अध्यापनमा बाधाहरु उत्पन्न हुन जाने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

वृश्चिक
समय सतर्क हुनु पर्ने खालको छ । मनमा निराशाका विचार बढि मात्रामा आउने छन् । भाग्यको साथ नरहेकाले अपजसको अवस्था खेप्नु पर्ने हुन सक्छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउने भएकाले सतर्क भएर कदम चाल्नु होला । शेयर क्षेत्र भने अनुकुल रहन जाने छ । 

धनु 
शारीरिक कमजोरीले सताउने छ । मनोबलको पनि कमि हुन जाँदा दृढताको अभाव हुने व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा कार्य सफलता प्राप्त हुने छ । शेयर बजार जोखिमपूण रहने छ । 

मकर 
दुढ स्वाभावको व्यक्तित्व हुने छ । रिस भने नियन्त्रण गर्न ध्यान दिनुहोला । पेशागत जीवन औसत बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । धन सम्पत्तिको अभिबृद्धि हुन जाने छ । शेयर क्षेत्र सकारात्मक रहने छ । 

कुम्भ 
पेशागत जीवनमा अस्वाभाविक द्वन्दको सामना गर्नु पर्ने छ । कार्यालय तथा व्यापारमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले पहिले नै यस्ता विषयमा सतर्क भएकै राम्रो । समयमा बुद्धि आउने छैन्, जसले गर्दा आवश्यक ठाउँमा आवश्यक कदम लिन अन्योल हुने छ । शेयर क्षेत्र कठिनाईबाट गुज्रने छ ।

मीन
कमजोर मनोबल भएको व्यक्तित्व हुन जाने छ । यसले गर्दा दुविधात्मक स्वाभावमा अत्याधिक बृद्धि हुने छ । मनमा उदासिनता आउने हुँदा खिन्नताको आभाष हुन जाने छ । साझेदारीमा गरिएका काममा भने फाइदा मिल्ने छ । शेयर क्षेत्र फाइदादायक हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement