प्रतिकित्ता रु १०० मै नेपाल लाइफ क्यापिटलको हकप्रद आजदेखि बिक्री खुला

Advertisement

काठमाडौं । नेपाल लाइफ क्यापिटलले आज (साउन ८ गते) देखि ​हकप्रद शेयरको लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीले चार लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरको लिलाम बिक्री खुला गरेको हो ।

Advertisement

कम्पनीले गत असार २५ गतेसम्म संस्थापक शेयरधनीलाई चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपियाँबराबरको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित दरमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये जम्मा १० लाख ९९ हजार १२९ कित्ता शेयर मात्रै बिक्री भएको थियो । 

कम्पनीले बाँकी अवितरित ४ लाख ३८९ कित्ता हकप्रद शेयर हाल कायम संस्थापक शेयरधनीलाई लिलाममार्फत बिक्री गर्न लागेको हो ।

शेयर बोलकबोल गर्दा खरिदकर्ताले कम्तीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

इच्छुक शेयरधनीले कम्पनीको कारोबार कार्यालय कमलपोखरीमा बोलपत्र पेस गर्न सक्नेछन् । 

बोलपत्र साउन २२ गतेसम्म पेस गर्न सकिनेछ । 

Advertisement

Advertisement