सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि निष्कासन  गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । 

लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता शेयर निष्कासन गरेको छ । 

Advertisement

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपियाँमा पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो । 

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको एफपीओमा केयर रेटिङ नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

Advertisement

Advertisement