श्रृजनशील लघुवित्तले डाक्यो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

Advertisement

काठमाडौं । श्रीजनशील लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । 

संस्थाले साउन ३२ गते विनायक होटल एन्ड बर्दिवास, महोत्तरीमा बिहान ११ बजे सुरु हुने गरी साधारणसभा बोलाएको हो । 

Advertisement

यद्यपि, संस्थाले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष ०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिजनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पेस गर्नेछ । 

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक पनि निर्वाचनमार्फत चयन गर्नेछ । 


 

Advertisement