एघार दिनमा ५ हजार किमीः यामाहा एरोक्स १५५ ले काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

Advertisement

काठमाडौं । सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । 

उनले केवल ११ दिनमा ५०००ं किलोमिटर भन्दा बढी यात्रा गरेका थिए । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेका थिए । आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको  सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफुलाई जोड्दै ति सुन्दर ठाउँहरलाई गहिरो रूपमा आत्मसात गरेका थिए ।

Advertisement

यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्‍यो । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो । 

यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो । यसको अतिरिक्त, स्कूटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौं समय सम्म यात्रा गर्न सक्ने कुराको  सुनिश्चितता गर्‍यो । 

एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू–भागहरूको  सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्‍यो ।

एमएडब्लू राइदकी सी यम ओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भने, ‘ यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशीस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौं ।’

Advertisement

Advertisement