कस्तो रहला आज देशभरको मौसम ?

Advertisement

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली रहेको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकाध स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यसैगरी, ​राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पनि विभागको भनाइ छ ।

 

Advertisement

Advertisement