नेक्सजेन म्यानेजमेन्टद्वारा कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने घोषणा

Advertisement

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि। ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । 

देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ ।अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१–८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको अध्यक्ष रमेशकुमार भट्टराईले बताए । 

Advertisement

नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र २०५३ वटा लिमिटेड कम्पनीहरू दर्ता भएका छन् । ठूलो संख्यामा कम्पनीहरू संचालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नै हुँदैन । त्यसैगरी संचालनको क्रममा आवश्यक लेखा प्रणाली, ब्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा संचालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नै छैन । यी सबै काम समयमा नहुँदा समस्याका साथै मानसिक तनाव ब्यहोर्दै समय र खर्च अत्याधिक लागिरहेको छ । 

कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको जनाएको छ । 

अब कम्पनी ब्यवस्थापन गर्न लेखा प्रणाली र परीक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्सबाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौंतारिरहनु पर्दैन । साथै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन सकिन्छ । त्यसैगरी बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न गराउन बिभिन्न ठाउँमा जानु पर्दैन । 

नेक्सजेनले कम्पनीलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउनेछ । यो सेवाबाट विशेष गरी साना र मझौला कम्पनीरू लाभान्वित हुने अध्यक्ष भट्टराईले बताए । 

Advertisement

Advertisement