सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन, पाइलटको उपचार हुँदै (नामसहित)

Advertisement

काठमाडौँ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । 

उक्त जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

Advertisement

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा संकङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । 

उनले संकलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।   

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । 

विमानका क्याप्टेन मनिष शाक्यको घटनास्थलबाट उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल उपचार भइरहेको छ ।

undefined

null

Advertisement

Advertisement