ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । 

आज बिहान बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायब सीईओ रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जनाएका छन् । 

Advertisement

तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । 

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।  

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

बैंकमा हाल रत्नराज बज्राचार्य सीईओ छन् ।  

यसैबीच आजैको सञ्चालक समितिको बैठकले भागिरथी भट्टराई ज्ञवालीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको छ । 

undefined

Advertisement