उच्च अंकले बढ्यो शेयर बजारः १४ अर्ब १३ करोडको कारोबार

Advertisement

काठमाडौं । लगातार ६ दिन बढेर हिजो करेक्शन भएको शेयर बजार आज पुनः उकालोतर्फ अघि बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२ अंकले उचालिएको हो । १.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६८.११ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजार बढे पनि विकास बैंक, हाइड्रो, लगानी र अन्य समूह क्रमशः ०.३५, ०.१०, ०.७३ र ०.३३ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लघुवित्त समूह सबैभन्दा बढी ६.८३ प्रतिशतले बढेको हो । 

आज ३२० कम्पनीका ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९.२८ रुपियाँ बराबरको कारोबार भएको छ । 

विभिन्न १४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सबैभन्दा बढी उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एशियन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.६५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ६१.६१ अंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ, सोमबार २.१५ अंकले बजार बढ्दा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४०.९८ रुपियाँ, मंगलबार ७५.३३ अंकले बजार बढ्दा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५.७६ रुपियाँ र हिजो बुधबार २७.३२ अंकले बजार घट्दा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४.५३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
 

Advertisement

Advertisement