बोर्डबाट विदा हुने क्रममा भुवन केसीले भने– अपेक्षा धेरै गरियो, मेरो अधिकार सीमित थियो

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले चाहे तत्काल चलचित्र ऐन पास हुनसक्ने बताउनुभएको छ ।

बिहीवार चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वभाविक भए पनि बोर्डको अधिकारभन्दा माथि गएर काम गर्न नसकिने बताए । 

Advertisement

आफूले कलाकारका दुःख र समस्या बुझेको भन्दै केसीले सीमित अधिकारका कारण चाहे जति पनि काम गर्न नसकेको स्वीकार गरे । उनले चलचित्र ऐन पारित भएर आएपछि ९० प्रतिशत समस्या समाधान हुने बताए । 

अहिले अर्थ मन्त्रालयमा ऐन पुगेको र चाँडै नयाँ चलचित्र ऐन आउने केसीको विश्वास छ । उनले भने, ‘कति साथी भाईहरुले मलाई भन्नुहुन्छ । खासै उल्लेखनीय काम हुन सकेन । मसँग मेरा साथी भाईहरुको धेरे अपेक्षा धेरै नै गर्नुभयो । म कलाकार भएको हिसावले स्वभाविक नै हो । किनभने म कलाकर्मी हो । मैले कला क्षेत्रको दुःख मर्का बुझेको छु ।’ 

केसीले भने, ‘तर बल्ल यहाँ आएर थाहा भयो की चलचित्र विकास बोर्डमा थोरै मात्र अधिकार छन् । जुन चिज नियमावली वा ऐन चलचित्र ऐन जुन २०२६ सालदेखिको ऐनमा चलचित्र क्षेत्र चलिरहेको छ । त्यो ऐनलाई परिवर्तन गरी नयाँ ऐन बनाउनुपर्छ, त्यो ऐन पास भएको खण्डमा चलचित्रका सबै समस्याहरु ९० प्रतिशत समाधान हुन्छन् । तर जति गर्दा पनि मन्त्रालयमै गएर रोकिन्छ । मन्त्रीज्युहरु आएर भन्नुहुन्छ, हामी गरिदिन्छौँ । हामीले गर्ने प्रयास नै हो । मैले यहाँ आएर पहिलो दिनदेखि नै ऐन पास गर्न कोशिस गरेँ । अहिले कम्तिमा सञ्चार मन्त्रालयबाट अर्थ मन्त्रालयसम्म त पुगेको छ । त्यत्तिसम्म प्रयास गरेका छौँ । अर्थ मन्त्रालयबाट क्यािबनेट हुँदै जान्छ । सरकारले चाहे तत्काल हुन्छ । हामीले गर्ने प्रयास नै हो । विकास बोर्डबाट गर्ने काम हामीले सबै गरेका छौँ ।’

Advertisement

Advertisement