कर्मचारीले भ्रष्टाचार गरेको भेटे चलचित्र विकास बोर्डका नयाँ अध्यक्षले ५ मिनेटभित्रै गेटबाट निकाल्ने

Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बार्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन् । 

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने उनले बताएका छन् । 

Advertisement

सोमवार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै दाहालले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री कसैले भने पनि नमान्ने बताए । 

आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने उनको तर्क छ । दाहालले सात दिनभित्र आफ्ना कार्ययोजना प्रश्तुत गर्ने पनि बताए । 

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गरे । 

कलाकार गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए । कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गरे । 

कलाकार जितु नेपाललगायतले दाहाललाई सफल कार्यकालको शुभकामना दिए । 

Advertisement