नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छः सिद्धिकी

Advertisement

काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् । 

सोमवार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताए । 

Advertisement

सिद्धिकीले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए । उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे । 

सिद्धिकीले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन् । जो अहिले पनि छन् । अब उनीहरुले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’

नेपाली चलचित्रको भविष्य उज्वल रहेको उनको भनाई थियो । 

Advertisement