रित्ता खाता बन्द गर्दै आईसीएफसी फाइनान्स

Advertisement

काठमाडौं । आईसीएफसी फाइनान्सले शून्य मौज्दात (पैसा नभएका) भएका निष्क्रिय खाता बन्द गर्ने भएको छ ।

कम्पनीले विगत १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका निष्क्रिय खाता बन्द गर्न लागेको हो । 

Advertisement

बन्द गरिने निष्क्रिय खाताको सूची कम्पनीको वेबसाइटमा राखिएको कम्पनीले जनाएको छ ।

साथै, कारोबार नभएका सम्बन्धित खातावालालाई ३५ दिनभित्र नजिकैका शाखामा गई खाता सुचारु गर्न पनि कम्पनीले आग्रह गरेको छ । 

अन्यथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम ती खाताहरू बन्द गरिने कम्पनीले चेतावनी दिएको छ ।

Advertisement