मौद्रिक नीतिमा डा. खतिवडाको छाँया, निर्माण व्यवसायीलाई प्रोत्साहन, घरजग्गालाई उपेक्षा

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षका लागि शुक्रबार जारी भएको मौद्रिक नीतिले निर्माण व्यवसायीलाई प्रोत्साहन गरे पनि घरजग्गा व्यवसायीलाई भने उपेक्षा गरेको देखिएको छ । 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुका लागि विभिन्न सुविधा र सहुलियत प्रदानको व्यवस्था सार्वजनिक गरे पनि घरजग्गा व्यवसायलाई प्रोत्साहन गर्ने खालको ठोस नीति ल्याएनन् । 

Advertisement

यसलाई हेर्दा मौद्रिक नीतिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा पूर्वगभर्नर युवराज खतिवडाको छायाँ परेको देखिएको छ । खतिवडा पहिलेदेखि घरजग्गा व्यवसायमैत्री छैनन् । 

नीतिले निर्माण व्यवसायमा प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि थपेको छ । अधिकारीले निर्माण व्यवसायहरुलाई प्रवाह भएको कर्जाको साँवा ब्याजर अब मंसिर मसान्तसम्म थप गर्ने भएको हो ।

यस्तै, निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

यस्तै, निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ।

निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सिर्जना भएको कर्जामा आर्थिक वर्ष २०८१–८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम मौद्रिक नीतिमा उल्लेख छ ।

सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने राष्ट्रं बैंकले जनाएको छ ।

परिस्थितिजन्य कारणले उद्योग व्यवसाय बन्द रहेता पनि कर्जाको साँवाब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाको लागि आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement