पर्सामा सवारी दुर्घटनामा परेर ५१ को ज्यान गयो

Advertisement

वीरगन्ज । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए ।

Advertisement

आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो । 

प्रहरी निरीक्षक खतिवडाले अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना संख्या पनि बढेको बताए । 

आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८  सवारी दुर्घटना भएका थिए ।

Advertisement

Advertisement