आजको मौसम :  बागमतीसहित कोशी, मधेश र गण्डकीमा हुनेछ मुसलधारे वर्षा

Advertisement

काठमाडौं । देशभर साधारणतया बदली रहेको छ । जल तथा मौसम विभागका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित कोशी  प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षा भइरहेको छ । 

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Advertisement

मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै, राति देशभर साधारणतया बदली रहनेछ । 

सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षा हुने विभागले जनाएको छ । 

Advertisement

Advertisement