यी तीनवटा संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । 

विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

Advertisement

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । 

साथै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ । 

Advertisement

Advertisement