दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । 

Advertisement

दिउँसो १ बजे बस्ने प्रतिनिधिको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने  सदस्यहरूको नाम प्रस्ताव गर्नेछन् । 

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसैगरी राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ । 

बैठकमा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 
 

Advertisement

Advertisement