एनसेल ‘बिज सधैं अन’ ग्राहकका लागि लायन्सगेट प्ले

Advertisement

काठमाडौं । एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’ का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्सगेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।

लायन्स्गेट प्ले लायन्सगेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायता थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाइब्रेरी रहेको छ ।

Advertisement

यस सहकार्यको उद्देश्य ‘बिज सधैं अन’को सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामाग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो । ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको छ ।  

‘लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्रा ग्राहकहरुलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरु मध्येको एक लायन्स्गेटको वृहद् संग्रहमा पहुँच दिन्छ,’ एनसेलका हेड अफ बिजनेश सोलुसन्स रञ्जन शर्माले भने, ‘स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरुबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।’

लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्महरु देखि लिएर, टिभी सोहरु, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्टहरु, वृत्तचित्रहरु, बालबालिका र पारिवारिक सामाग्रीहरु र विश्वका दर्शकले मन पराउने अन्तर्राष्ट्रिय चलचित्र रहेका छन् ।
  

लायन्स्गेट प्लेमा पहुँच लिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एस्ट्रिक्स १२३ ह्यास डायल गरेर वा एनसेल एपमा गई अपग्रेट गर्न सक्छन् । लायन्स गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।
 

Advertisement

Advertisement