आजको मौसम : मनसुनी वायुको प्रभाव रहँदा यी ठाउँमा छ भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । मनसुनी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विभागका अनुसार मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा  मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

त्यसैगरी राति आंशिकदेखि साधारण बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको भनाइ छ ।

साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।

Advertisement

Advertisement