किन बढिरहेको छ सुनको मूल्य ? यो साता नयाँ रेकर्ड कायम, अझै कति बढ्ला  ?

Advertisement

काठमाडौं । यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

यसैक्रममा नेपाली बजारमा पनि यो साता सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २४ हजार ९ सय १५ रुपियाँ रहेको सुनको मुल्य साता भरको उतार चढाव पश्चात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार हालसम्मकै उच्च हुने गरी प्रति १० ग्राम १ लाख २८ हजार ५ सय १५ रुपियाँ कायम भयो । 

Advertisement

यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ३ हजार ६ सय रुपियाँ बढी हो ।

undefined

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ७ सय ४० रुपियाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ७ सय ९५ रुपियाँ कायम भयो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोर कमजोरीका कारण सुनको मूल्य बढेको हो । 

सुनको मूल्य आगामी साता अझै बढ्न सक्ने आँकलन गरिएको छ । सुनको मूल्य कति सम्म पुग्ला भन्ने अनुमान गर्न गाह्रो छ, तर प्रतितोला १ लाख ५० हजार भन्दा बढी पुग्ने सहजै अनुमान लगाउन सकिन्छ ।  
 

Advertisement

Advertisement