सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड नाफा, यस्ता छन् वित्तीय सूचक

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले गत आव २०८०–८१ मा  १ अर्ब ३४ करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ४.०७ प्रतिशत छ भने इम्पेरमेन्ट चार्ज १ अर्ब ७६ करोड पुगेको छ ।

वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी ९ रुपियाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १५१ रुपियाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ ।

बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड छ भने जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपियाँ सञ्चित छ । बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपियाँ कर्जा प्रवाह आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement