नेप्से २८ सय अंक नजिकः पौने २२ अर्बको कारोबार, हिमालयन रि-इन्स्योरेन्सकै सवा अर्बको किनबेच

Advertisement

काठमाडौं । शेयर बजारमा आज सोमबार पनि उछाल आएको छ । बजार उच्च अंकले उचालिएर २८ सय अंक नजिक पुगेको छ भने पौने २१ अर्बको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४०.७६ अंकले बढेको हो । १.४७ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक २७९६.३८ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजारमा उछाल देखिएपछि बैंकिङ, विकास बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त र म्युचुअव फण्ड भने राताम्मे भएका छन् । 

undefined

बैंक तथा वित्तीय संस्थाहरुको आज प्रकाशित चौथो त्रैमासको वित्तीय विवरणमा अधिकांशको नाफा घटेपछि त्यसको असरसमेत बजारमा देखिएको छ । आज होटल समूह सबैभन्दा बढी ६.६९ प्रतिशतले बढेको छ । 

आज ३२६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७.६४ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न १३ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । रुरु जलविद्युत, सीईडीबी हाइड्रो, सगरमाथा जलविद्युत, कुथेली बुखरी, भगवती हाइड्रो, माथिल्लो मैलुङ खोला, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

सिटी होटल, माउन्टेन हाइड्रो, हाथवे, रावा इनर्जी र हिमालयन रि–इन्स्योरेन्सको शेयरमूल्य क्रमशः ९.९९, ९.९७, ९.९४, ९.८७ र ९.७४ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै नेपाल फाइनान्स लिमिटेडमा आज नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो । 

आज हिमालयन रि–इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब २६ करोड ४ लाख रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन हिजो आइतबार भोटो जात्राको अवसरमा काठमाडौ उपत्यकामा सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द रहेको थियो । 
 

Advertisement

Advertisement