नेपाली बजारमा भित्रियो नयाँ क्रेटा, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरु रहेका छन्।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् । त्यसैगरी, पछाडि भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । 

Advertisement

गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्मेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ ।

यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् । ८–स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन्, जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास छ ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेसर मोनिटरिङ्ग सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ । 

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाष्टिभ कुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् । 

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ ।

गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ । त्यस कारण नयाँ  हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरै भन्दा धेरै ग्राहक वर्गको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

नयाँ हुन्डाई क्रेटा ८ वटा भेरिएन्ट तथा ६ भिन्न रंगहरूमा उपलब्ध छ । नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार राखिएको छ ।

लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । सुन्दर डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।


 

Advertisement

Advertisement