बुधबारसम्म मनसुन सक्रिय, यी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं । बुधबारसम्म नेपालमा मौसम सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा दक्षिणतर्फ रहेको र आजबाट नेपालनजिक सर्ने भएकाले मनसुन सक्रिय हुने बताएको छ ।

यस प्रणालीको प्रभावले बुधबारसम्म मनसुन सक्रिय हुने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

Advertisement

विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकाध स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । 

विभागका अनुसार आज​ दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यसैगरी राति देशभर साधारणतया बदली रहनेछ ।

सातै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

विभागले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा हुने पूर्वानुमान पनि गरेको छ ।

Advertisement

Advertisement