प्राकृतिक विपत्तिमा जनधनको रक्षा गर्न सरकारसंग रिटर्नीको माग

Advertisement

काठमाडौं ।   रिटर्नी फेडेरेशन नेपालले देशभर भएका प्राकृतिक विपत्तीमा जनता जनधनको रक्षा गर्न सरकार संग माग गरेको छ । 

फेडेरेसनले हेटौंडामा सम्पन्न स्थायी कमिटीका निर्णयहरु सार्वजनिक गरि देशभर वर्षा, पहिरो, लगायतको प्राकृतिक विपत्तिमा धेरै जनधनको क्षति भएको भन्दै सरकारलाई गम्भीर भएर जनताको पक्षमा काम गर्न आग्रह गरेको छ । 

Advertisement

यसअघि साउनको १८ र १९ गते हेटौंंडामा सम्पन्न स्थायी कमिटी  बैठकले देशभरका प्राकृतिक विपत्तिसहित त्रिसुलीमा दुई बसमा परि ज्यान गुमाएका नागरिकहरु, सौर्य एयरको जहाज दुर्घटनामा परी मृत्युबरण गरेका नागरिकहरुप्रती बैठकले श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठकले नवगठित केन्द्र सरकारलाई रिटर्नी लक्षित कार्यक्रम अघि बढाउन ५ बुँदे सुझाव प्रस्तुत गरेको छ । बैठकले बार्षिक कार्ययोजना निर्माण गर्दै निर्ममतापूर्वक कार्यान्वयन गर्न सबै तहका सङ्गठनलाई निर्देश गरेको छ ।

सरकारले रिटर्नी‌ लक्षित कार्यक्रम वास्तविक रिटर्नी समक्ष पुर्याउन पनि माग गरेको छ ।

सङ्गठनको दीर्घकालीन महत्वसंग जोडिएका विषयहरुमा साझा दृस्टिकोण निर्माणका हेतु आयोजित बिशेष छलफल सहितको स्थायी कमिटीको मकवानपुर हेटौंडामा सम्पन्न बैठकले विभिन्न ९ वटा विषयमा बैचारिक  सैद्धान्तिक बहस गरि सङ्गठनको आगामी कार्यभार प्रष्टसँग अघि बढाएको छ । 

यसका साथमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री नियुक्त भएकोमा बैठकले बधाई सहित सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । हाम्रो सङ्गठनले वर्तमान सरकारको सबै जनमैत्री कदम र कार्यक्रमको साथमा रहने प्रतिबद्धता गरेको छ ।  

सङ्गठन ईन्चार्जको रूपमा निर्वाह गरेका पार्टी केन्द्रीय सदस्य डा. सुर्य पाठकलाई धन्यवाद ज्ञापन गर्दै पार्टी केन्द्रीय सदस्य कृष्णबहादुर केसीलाई सङ्गठन इन्चार्जको रूपमा यो बैठक हार्दिक स्वागत गरेको छ । 

बैठकले कार्यक्रममा सहभागी पार्टी पोलिट्ब्युरो सदस्य अच्युत मैनाली, पार्टी  केन्द्रीय कमिटी सदस्य रामेश्वर राना, पार्टी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, फेडेरेसनको मकवानपुर जिल्ला कमिटी लगायत सहयोगी सबैमा धन्यवाद ज्ञापन  गरेको रिटर्नी फेडेरेसनका प्रचार तथा प्रकाशन विभाग प्रमुख खेम कार्कीले जानकारी दिए । 

Advertisement

Advertisement