पहिरोले बेँसीसहर–चामे र मुग्लिन–मलेखु सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

Advertisement

लमजुङ । पहिरोले बेँसीसहर–चामे र मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । 

अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा र मर्स्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको बताए । 

६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् । 

त्यस्तै, पहिरोका कारण मुग्लिन–मलेखु सडक पनि अवरुद्ध भएको छ ।

 इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए  । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने उनले बताए । 

Advertisement

Advertisement