आजको मौसम : बागमतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा

Advertisement

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ । 

कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी राति पनि देशभर साधारण बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागले पूर्वानुमान गरेको छ ।

Advertisement

Advertisement