आजको मौसम : बागमतीसहित यी ठाउँमा मुसलधारे पानी पर्ने

Advertisement

काठमाडौं । अहिले बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार​ आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ । 

त्यसैगरी राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।

Advertisement

Advertisement