कजारिया रमेश टायल्सद्वारा कारखानाको भट्टी प्रज्वलन

Advertisement

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) शुभारम्भ गरेको  छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाको प्रमुख उपस्थिति रहेको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूले समारोहको गरिमा बढाएका थिए । 

बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै कजारिया रमेश टायल्स लिमिटेडलाई शुभकामना तथा बधाई प्रदान गरेका थिए । 

Advertisement

यो समारोसँगै नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको माग अनुसार ब्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ, जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको माग पुर्ती सँगै मुल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।

‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौं ।’ कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भने । ‘यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ ।’

‘हामी हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौं’, कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले भने । 

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो । यसै सहकार्य मार्फत नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना भएको छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने कजारिया रमेश टायल लिमिटेडले नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकंक्षा लिएको छ । 

नवलपरासी स्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्नेछ  । कारखाना निर्माणका लागी ४ अर्ब लगानी गरिएको छ । कारखानाले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय वृद्धि गर्नुका साथै हजारौं रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा कम्पनीले लिएको छ । 

Advertisement

Advertisement