देशभर मनसुनी वायुको प्रभाव; कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

Advertisement

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा ​अहिले देशभर साधारण बदली रहेको छ ।

मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार ​दिउँसो देशभर साधारण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ । 

राति पनि मौसम देशभर आंशिकदेखि साधारणबदली रहनेछ ।

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement