आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने

Advertisement

काठमाडौं । हाल देशभर साधारण बदली रहेको छ ।  बागमती र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज ​दिउँसो देशभर साधारण बदली रहने जनाएको छ ।

Advertisement

साथै, सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशभर साधारण बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ ।

Advertisement