निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको हिजो बिहीबार बसेको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी अधिकारीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वरबन्धु गौतमले जनाएका छन् । 

Advertisement

नवनियुक्त अधिकारी नेपाल बैंकका पूर्व सीईओ हुन् ।तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो । 

हाल बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङले  कामुको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

undefined

Advertisement