जीवन बीमा कम्पनीको नाफा पौने छ अर्ब, कुनको कति ?

Advertisement

काठमाडौं । गत आर्थिक २०८०–८१ मा १४ वटा ठूला जीवन बीमा कम्पनीले पाँच अर्ब ७३ करोड ३३ लाख २० हजार रुपियाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १४ वटा ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् । 

बुधबारसम्म १३ वटाको वित्तीय विवरण आएको थियो । उनीहरुको मात्रै नाफा पाँच अर्ब ५७ करोड ९६ लाख ३४ हजार रुपियाँ  थियो । बिहीबार राष्ट्रिय जीवन बीमा कम्पनीले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेपछि ठूला जीवन बीमा कम्पनीहरुको कुल खुद नाफा पाँच अर्ब ७३ करोड ३३ लाख २० हजार पुगेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आवमा १५ करोड ३६ लाख ६८ हजार रुपियाँ नाफा कमाएको छ । 

Advertisement

जीवन बीमा कम्पनीहरुको यो नाफा अघिल्लो आव २०७९–८० को तुलनामा १५.१८ प्रतिशतले बढी हो । अघिल्लो आवमा उनीहरुको नाफा चार अर्ब ९७ करोड ७३ लाख २८ हजार रुपियाँ थियो । 

कम्पनीहरुको यो नाफा बीमांकीय मुल्यांकन भन्दा अघिको हो । जीवन बीमा कम्पनीको बीमांकीय मुल्याकनमा बीमांकीले जीवन बीमा कोषमा भएको १० प्रतिशत रकम नाफा नोक्सान खातामा सार्न सक्नेछन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ । 

तेह्र जीवन बीमा कम्पनीको नाफा पाँच अर्ब ५८ करोड

Advertisement