प्रभु बैँकका ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता

Advertisement

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्ववलाल कायस्थले हस्ताक्षर गरेका छन् ।  

Advertisement

सम्झौता अनुसार कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८% छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ । 

बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ । 

२०५३ साल बैशाख ११ गते स्वीकृति प्राप्त गरी २०५४ असोज २५ गतेबाट उडान सुरु गरेको बुद्व एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ । 

यता बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement