बागमतीसहितका प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला २४ घण्टाको मौसम ?

Advertisement

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले साधारणदेखि पूर्णतया बदली रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहनेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने विभागको पूर्वानुमान छ ।

त्यस्तै राति देशभर आंशिकदेखि साधारण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement