आजको मौसम : बागमतीसहित यी ठाउँमा हुनेछ भारी वर्षा

Advertisement

हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले ​हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ ।

बिहान बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइररहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साथै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने बताइएको छ ।

त्यसैगरी राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

विभागले कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

Advertisement

Advertisement