एक महिनामा साढे ५९ हजार नेपाली बैदेशिक रोजगारमा, युएईमा सबै भन्दा धेरै
फाइल तस्बिर

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिला महिना साउनमा ५९ हजार ५७५ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । 

बैदेशिक रोजगार बिभागबाट प्राप्त साउन महिनाको तथ्यांकले यस्तो देखाएका हो । साउन महिनामा सो बराबरमा श्रम स्वीकृत जारी भएको बिभागको भनाइ छ । 

Advertisement

त्यसमा ३६ हजार ९२८ जना पहिलो पटक बैदेशिक रोजगारमा जाने गरि श्रम स्वीकृत लिएका हुन् । गत आवको साउन महिनामा ५५ हजार ५७५ जनाले  वैदेशिक रोजगारीको स्वीकृत लिएका थिए । 

त्यसको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७.१९ प्रतिशतले बढेको देखिन्छ । गत आवभर भने नेपालबाट सात लाख ४१ हाजर २९७ जना कामदार वैदेशिक रोजगारीमा गएका थिए । 

समीक्षा महिनामा ९३ देशमा नेपाली कामदार रोजगारीका लागि गएका छन् । त्यसमा सबै भन्दा धेरै कामदार युएईमा गएका छन् । उक्त देशमा १७ हजार ५४१ जना नेपाली कामदार गएका छन् । त्यसमा १२ हजार २३८ जना नयाँ कामदार छन् । 

यस्तै, दोस्रो नम्बरमा साउदी अरब रहेको छ । बिभागको तथ्यांकअनुसार त्यहाँ ११ हजार ८०९ जना कामदार गएका छन् । त्यसमा छ हजार ९०० जना नयाँ कामदार रहेको छन् । 

तेस्रो स्थानमा रहेको कतारमा ११ हजार ७८५ जना नेपाली कामदार गएका छन् । त्यसमा तीन हजार ७६३ जना कामदार पहिलो पटक गएका हुन् ।
 
यस्तै, कुवेतमा चार हजार ६९५ जना, रोमनियामा दुई हजार २९८, जापानमा  एक हजार ५७२, मलेसियामा एक हजार ३४४, कोरसियामा एक हजार १३८ र माल्दीभ्समा ८७८ र कोरियामा ८१२ जना नेपाली कामदार गएका छन् । समीक्षा अवधिमा ९३ देशमा नेपाली कामदार पुगेको देखिन्छ । 
 

Advertisement

Advertisement