पाँच अर्ब ७६ लगानीमा बन्ने दोधारा चाँदनीमा बन्दरगाहको बातावरणीय व्यवस्थापन योजना तयार

Advertisement

काठमाडौं । दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथासुक्खा बन्दरगाहको वातावरणीय व्यवस्थापन योजनाको मस्यौदा प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ । नेपाल इन्डरमोडल यातायात विकास समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत गत बुधबार उक्त मस्यौदा बन मन्त्रालयमा पठाएको हो ।

विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उक्त मस्यौदा मन्त्रालयमा पेश गरेको जानकारी दिए । 

Advertisement

सुदूरपश्चिम क्षेत्रको विकासलाई समेत सहयोग पुग्ने गरि सरकारले कञ्चनपुर जिल्लाको दोधारा चाँदनीमा एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माण गर्दैछ । यो भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोग निर्माण हुँदैछ । यसका लागि २०८० जेठमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा दिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकको छ । 

परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८० बैशाख १७ गते नै बन तथा बातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको थियो । त्यस अनुसार दोधारा चाँदनी नगरपालीका अन्तरगतको गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजनका लागि प्रयोग हुँदैछ । तर, परियोजना भारतले बनाएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार निर्माण गरिने छ । त्योअनुसार पहिलो चरणमा ४२।३६ हेक्टर क्षेत्रफल मात्र प्रयोग गरिनेछ । 
 
समितिकाअनुसार वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गर्नु पर्ने थियो । त्यसका लागि वन तथा वातावरण मन्त्रालयले गत जेठ १६गते स्वीकृत प्रदान पनि गरेको थियो । त्यसपिछ वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई वातावरणीय व्यवस्थापन योजनामा परिमार्जन गरी स्वीकृतीका लागि पेश गरिएको हो । 

त्यो स्वीकृत भएपछि उक्त परियोजनाको निर्माणको ढोका खुल्ने कार्यकारी निर्देशक गजुरेलले बताए । यस आयोजना अन्तर्गत सडक, पार्किङ्ग क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक,  पशुपन्छी÷खाद्य प्रयोगशाला (क्वारेन्टाइन) प्रशासनिक भवन लगायतका संरचनाहरुको निर्माण हुनेछ । यस आयोजना निर्माणको लागि करिव पाँच अर्ब ७६ करोड रुपियाँ लगानी चाहिने अनुमान गरिएको छ । 

यो परियोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । 

Advertisement

Advertisement