काठमाडौं । अपी पावर कम्पनीले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि आव २०७८/७९ मा ७.५० प्रतिशत बोनस शेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।