दुई सय उद्योग थपिए, पाँच सय ६८ को नवीकरण

Advertisement

नवलपरासी । आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ । 

पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताए ।  सोही आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए । हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उनले जानकारी दिए ।  

Advertisement

गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले रु १९ लाख ८३ हजार राजस्व संकलन गरेको प्रमुख घिमिरेले बताए । यसैगरी, आव २०८०/८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन् । 

सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ । जिल्लामा गत आवसम्म आठ हजार पाँच सय सात व्यवसाय कायम रहेको उनले बताए ।  

जिल्लामा वाणिज्यसम्बन्धी दर्ता र नवीकरणबाट रु २४ लाख ३२ हजार राजस्व संकलन गरिएको प्रमुख घिमिरेले बताए । हाल १५ हजार एक सय ९८ उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालन छन् । 

गत आवमा उद्योग तथा वाणिज्य व्यवसायसम्बन्धी दर्ता तथा नवीकरणको कामबाट रु ४४ लाख १६ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । 

Advertisement