काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ को अन्त्यसम्म बैंक तथा वित्तिय संस्थाहरुले कर्जा नोक्सानी बापत राख्ने प्रोभिजनिङ रकम दुई खर्ब ३० अर्ब एक करोड १८ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरुको गत आवसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यो बैंकहरुले कर्जा नोक्सानी बापत राखेको कूल प्रोभिजनिङ रकम हो । चालु आवमा थपिने र पुराना प्रोभिजनीङबाट फिर्ता हुने रकम घटाएर यसको आँकडा तयार गरिन्छ ।
बैंकहरुको यस्तो प्रोभिजनिङ रकम अघिल्लो आव २०७९–८० को तुलनामा ३७ प्रतिशतले बढी हो । अघिल्लो आव २०७९–८० मा कर्जा नोक्सानी व्यवस्था बापत बैंकहरुले एक खर्ब ६८ अर्ब १२ करोड ३६ लाख रुपियाँ प्रोभिजनिङ गरेका थिए । त्यसअघि आव २०७८–७९ सम्म एक खर्ब १० अर्ब २९ करोड ९६ लाख रुपियाँ र आव २०७७–७८ सम्म ८९ अर्ब ५९ करोड ३६ लाख रुपियाँ प्रोभिजनिङ गरिएको थियो । यो तथ्यांकले बैंकहरुको प्रोभिजनिङ रकम बढ्दै गएको देखाउँछ ।
समीक्षा अवधीसम्म वाणिज्य बैंकहरुले मात्रै दुई खर्ब एक अर्ब २६ करोड ७२ लाख रुपियाँ यस्तो प्रोभिजनिङ राखेका छन् । यसैगरी विकास बैंकले १९ अर्ब ३७ करोड १८ लाख रुपियाँ र वित्त कम्पनीले नौ अर्ब ३७ करोड २७ लाख रुपियाँ प्रोभिजनिङ गरेका छन् ।
बैंकहरुले असल वर्गकै कर्जामा पनि १.२० प्रतिशत रकम अनिवार्य प्रोभिजनिङ राख्नुपर्छ । त्यसबाहेक कर्जाको अवस्थाअनुसार शतप्रतिशतसम्म प्रोभिजनिङ राख्नुपर्ने व्यवस्था पनि छ । बिशेषगरी जोखिम र खराव अवस्थामा भएका कर्जामा बढी प्रोभिजनीङ गर्नुपर्छ । सर्वसाधारणको बचत जोखिममा नपार्ने उद्देश्यअनुसार पनि यस्तो व्यवस्था गरिएको हो । सोहीअनुसार बैंकहरुले यस्तो प्रोभिजनिङ गरेका हुन्, त्यसका लागि नाफाबाट नै रकम छुट्याउनुपर्छ ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकहरुमा निष्कृय कर्जाको अनुपात बढ्दै गएको छ । त्यसले गर्दा बैंकहरुले राख्नुपर्ने प्रोभिजनीङ रकम पनि बढ्दै गएको छ । त्यसले बैंकको नाफा समेत प्रभावित बनाएको छ । यदि, सम्बन्धित कर्जा असुल भएमा उक्त प्रोभिजनिनीङ रकम बैंकहरुको नाफा–नोक्सान खातामा सर्नेछ । त्यसले बैंकहरुको नाफा बढाउने सहयोग पुग्नेछ ।
हाल नेपालमा २० वाणिज्य बैंक छन् । त्यसमा सबै भन्दा धेरै कर्जा नोक्सानी व्यवस्था कुमारी बैंकले गरेको देखिन्छ । उक्त बैंकनिनीङ गरेको छ ।
दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, उक्त बैंकले १९ अर्ब ११ अर्ब ८१ लाख रुपियाँ यस्तो प्रोभिजनिनीङ गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले १७ अर्ब ८५ करोड १० लाख रुपियाँ प्रोभिजनिङ राखेको देखिन्छ ।
यसैगरी नबिलले १६ अर्ब ४५ करोड, हिमालयनले १५ अर्ब ८२ करोड, प्रभुले १३ अर्ब ५० करोड, लक्ष्मी सनराइजले १२ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्यले १० अर्ब ३१ करोड, प्राइम कर्मशियल नौ अर्ब ८२ करोड, नेपाल बैंकले आठ अर्ब ८४ करोड र एनआईसी एसियाले आठ अर्ब ६५ करोड रुपियाँ प्रोभिजनिङ गरेका छन् ।
यस्तै, एनएमबि आठ अर्ब सात करोड, कृषि विकासले आठ अर्ब तीन करोड, सिटिजन्स छ अर्ब ५३ करोड, सिद्धार्थले छ अर्ब २० करोड, सानिमा चार अर्ब ७६ करोड, माछापुच्छ्रेले चार अर्ब ७६ करोड, नेपाल एसबिआई चार अर्ब ५३ करोड, एभरेष्टले तीन अर्ब ४५ करोड र स्ट्यान्डर्ड चार्टर्ड दुई अर्ब ४२ करोड रुपियाँ यस्तो प्रोभिजनिङ राखेको छ । यस्तो प्रोभिजनिङ जुन बैंकमा कम छ, त्यो बैंक वित्तीय रुपमा बलियो भएको मानिन्छ । उक्त बैंकमा खराव कर्जा कम भएको हुन्छ ।
गत आवमा मात्रै ८५ अर्ब प्रोभिजनिङ
बैंकहरुले गत आर्थिक बर्ष २०८०–८१ मा मात्रै ८५ अर्ब २० करोड ४९ लाख रुपैयाँ यस्तो प्रोभिजनिङ राखेका छन् । अघिल्लो आव २०७९–८० मा मात्रै ६५ अर्ब ८१ करोड ८० लाख रुपियाँ प्रोभिजनिङ गरिएको थियो । त्यसअघि आव २०७८–७९ मा २५ अर्ब ३६ करोड ७१ लाख रुपियाँ र आव २०७७–७८ मा ३८ अर्ब ८७ करोड ३५ लाख रुपियाँ प्रोभिजनिङ गरिएको थियो ।
गत आवमा वाणिज्य बैंकहरुले मात्रै ७४ अर्ब एक करोड ८२ लाख रुपियाँ प्रोभिजनिनीङ गरेका छन् । यसैगरि विकास बैंकहरुले नौ अर्ब २६ करोड ८० लाख रुपियाँ र वित्त कम्पनीले एक अर्ब ९१ करोड ८६ लाख रुपियाँ कर्जा नोक्सानी व्यवस्था गरेको तथ्यांकमा उल्लेख छ ।