कृषि विकास बैंकद्वारा शैक्षिक सामग्री खरिदका लागि धनगढी उपमहानगरलाई सहयोग हस्तान्तरण

Advertisement

काठमाडौं ।  कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई रु पाँच लाख बराबरको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । 

सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरिनेछ ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन् । 

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धकद्वय यज्ञप्रकाश न्यौपाने र प्रेमकुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागीय प्रमुख नारायणप्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक प्रदिपराज जोशी एवम् शाखा प्रमुख दीर्घबहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले व्यावसायिक गतिविधि संगसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरेका थिए । 

Advertisement

Advertisement